Logo

पाँच वर्षभित्रै नेपालबाट दाइजो प्रथा हटाउने जय साहको घोषणा, जनकपुरबाट पहिलो महिला आन्दोलन गर्ने तयारी



काठमाडौं, २१ चैत्र । नेपाललाई विश्वकै गुरू बनाउने परिकल्पनाकार जय साहले पाँच वर्षभित्र नेपालबाट दाईजो प्रथा पूर्ण रुपमा हटाउनको लागि जनकपुरबाट विशेष ‘राष्ट्रव्यापी महिला आन्दोलन’ गर्ने घोषणा गरेका छन् । साह महोत्तरीको मटिहानीका स्थायी वासिन्दा हुन् । हाल उनी अमेरिकामा छन् । नेपाललाई स्मार्ट करेन्सीको माध्यमबाट विश्वकै गुरु बनाउन सकिने भीजन सार्वजनिक गरेका साहले सामाजिक आन्दोलनलाई पनि सँगसँगै लैजानेगरि तयारी थालेका छन् ।

साहले आगामी पाँच वर्षभित्र दुई सयभन्दा बढि अर्थशास्त्रीहरुको समूह ‘कल्किजम रिसर्च सेन्टर’ को मद्दतले नेपालमा दाइजो प्रथा सधैंको लागि अन्त्य गर्नेगरि नेपालकै पहिलो राष्ट्रिय महिला आन्दोलनको शंखनाथ जनकपुरधामबाट गर्ने घोषणा गरेका छन् ।

साहले नेपाल सरकारसमक्ष विभिन्न मागसमेत अघि सारेका छन् । त्यसको लागि नेपाल सरकारले आफू नेतृत्वको अर्थशास्त्रीहरुको समूहसँग २० करोडको अग्रिम सम्झौता गर्नुपर्ने, दाईजो प्रथा उन्मुलनको लागि समितिको घोषणा गर्नुपर्ने र सम्बन्धविच्छेद गरेका महिला वा पुरुषको विवाह नै नभएका केटाकेटीसँग विहे हुन नसक्ने कानून बनाउनुपर्नेलगायत रहेका छन् । उनले आफ्नो यो अभियानलाई साथ, सहयोग र समर्थन गर्नेलाई कल्की सेना भनेका छन् भने विरोध गर्नेलाई रावण सेनाको पनि संज्ञा दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्