काठमाडौं, चैत २२ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेश पायल राई रिहा भएका छन् ।गएराति २ बजेतिर राजेश पायल राई सहित तीन जनालाई प्रहरीले मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको थियो ।
प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा उल्टै प्रहरीलाई धम्की दिएपछि उनीहरुलाई पक्राउ गगरे प्रहरीले नयाँ बानेश्वर वृतको हिरासतमा राखेको थियो । उनीहरु सबैलाई प्रहरीले आफन्तको जिम्मा लगाइएको छ । कलाकार राईले भने आफुले मदिरा सेवन नगरेको दाबी गरेका छन् ।