Logo

इलाम-२ मा माओवादीको समर्थन एमाले उम्मेदवार सुहाङलाई



काठमाडौं, २२ चैत । नेकपा (माओवादी केन्द्र) ले इलाम–२ को आसन्न उपनिर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गरेको छ । माओवादीले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने निर्णय गरेकोे माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले बताए ।

‘एमालेको उम्मेदवारलाई सघाउनेबारे शीर्ष नेतृत्वको सहमति भएको जानकारी आएको छ । केन्द्रीय गठबन्धनको निर्णय अनुसार नै अगाडि बढ्छौं,’– माओवादी कोशी प्रदेश अध्यक्ष नेम्वाङले रिपोर्टर्स नेपालसँग भने ।

माओवादीले इलाम–२ को उपनिर्वाचनमा धिरेन्द्र शर्मालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । अन्ततः माओवादीले एमालेकै उम्मेदवारलाई सघाउने निर्णय गरेको हो ।

एमालेले स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा सु्हाङलाई इलाम–२ को उम्मेदवार बनाएको छ । इलाम–२ र बझाङ–१ (ख) मा आगामी वैखाश १५ गते उपनिर्वाचन हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्