काठमाडौं, २२ चैत । नेपाली कांग्रेसले बझाङ–१ (ख) को आसन्न उपनिर्वाचनमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने भएको छ । आज (बिहीबार) बसेको कांग्रेस संसदीय बोर्डको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अभिषेक स्वर्गीय नेता पृथ्वीबहादुर सिंहका छोरा हुन् । सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्रीसमेत रहेका पृथ्वीबहादुर सिंहको गत असार ५ गते सडक दुर्घटनामा परी निधन भएको थियो ।
बझाङ– १ (ख) र इलाम–मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । कांग्रेसले लामो रस्साकसीपछि उम्मेदवार तय गरेको छ ।