Logo

कांग्रेसलाई सरकारको जवाफ: सहकारी ठगीमा रवि दोषी छैनन्, छानबिन समिति बन्दैन



काठमाडौं,२२ चैत । सहकारी ठगी प्रकरणमा जोडिएको आरोप लगाउँदै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गरिरहेको नेपाली कांग्रेसलाई सरकारले समिति नबन्ने जवाफ दिएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकबाट बाहिरिँदै सरकारकी प्रवक्ता सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले सहकारी ठगीमा लामिछानेको कुनै पनि दोष नरहेको निष्कर्षसहित छानबिन समिति नबनाउने निष्कर्षमा पुगेको जानकारी दिईन् ।

उनले भनिन्, ‘गृहमन्त्रीको विषयमा प्रधानमन्त्री आफैंले संसदमा बोलिसक्नुभएको छ । संसदीय समितिमा पनि गृहमन्त्री आफैंले पनि आफ्नो कुरा राखिसक्नुभएको छ । र, अहिलेसम्म यथेष्ट तथ्य प्रमाणका आधारमा छानबिन समिति बनाउनुपर्ने स्थिती देखिएको छैन । त्यसैले नबनेको हो ।’

कांग्रेसले संसद्को अर्को बैठकसम्म छानबिन समिति बनाउन अल्टिमेटम दिएको छ । तर, सरकारले छानबिन समिति बनाउने छाँटकाँट देखाएको छैन् ।



प्रतिक्रिया दिनुहोस्