काठमाडौं, चैत २३ । एकदिवसीय शृंखलाअन्तर्गत आज नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’विरुद्ध दोस्रो खेल खेल्दैछ। आजको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ः३० बजेदेखि शुरु हुनेछ।
यसअघि पहिलो खेलमा खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले हराएको थियो। शृङ्खलाको अन्तिम खेल आइतबार हुनेछ।नेपाल ‘ए’ सँगको खेलअघि आयरल्याण्ड ‘ए’ले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग पनि दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो। आयरल्याण्ड दुवै खेलमा पराजित भएको थियो ।
नेपाल ‘ए’को टोलीमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल रहेका छन् ।
त्यस्तै, आयरल्यान्ड ‘ए’ को टोलीमा निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट रहेका छन् ।