Logo

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महराको दाबी पेश



काठमाडौं,२३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महराले दाबी पेश गरेका छन् ।

उनले आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो ।

आज दाबी पेश गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्