Logo

कोशी सरकार ढाल्न तम्सियो एमाले, ३९ सांसदको हस्ताक्षर हिक्मत कार्कीको खल्तिमा



काठमाडौं,२३ चैत । आफैले हस्ताक्षर गरेर बनाएको कोशी प्रदेश सरकार ढाल्न नेकपा एमाले तम्सिएको छ ।

एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई सत्ताच्यूत गराएर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पूर्व मुख्यमन्त्रीसमेत रहेका एमोल कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की लागि परेका हुन् । उनले आफ्नो पार्टी एमालेका ३९ जना सांसदको हस्ताक्षर संकलन गरिसकेका छन् ।

असोज २७ गते संविधानको धारा १६८९५० अन्तरगत मुख्यमन्त्री बनेका केदार कार्कीलाई एमालेका ३९ जना प्रदेश सभा सदस्यहरूले हस्ताक्षर गरेर समर्थन गरेका थिए । उनीहरूले प्रदेश प्रमुखको कार्यालयमा श शरीर उपस्थित भएर सनाखत समेत गरेका थिए ।

केन्द्रको सत्ता गठबन्धनमा उलटफेर आएपछि कोशी सरकार एमालेको भागमा परेको छ । एमालेले सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग सल्लाह गरेर एक दुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

यता संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीे आफूलै संविधानको अन्तिम विकल्पको मुख्यमन्त्री बताउँदै आईरहेका छन् । उनको सरकार ढलेमा प्रदेश सभा के हुन्छ भन्ने स्प्रष्ट कानूनी व्याख्या नहुँदा सरकार गठनमा जटिलता थपिरहेको छ । एमालेसहितका दलहरुले जबरजस्ती सरकार ढाल्न खोजमा प्रदेश सभा विघटन गरिदिने चेतावनी उनले पटक पटक दिँदै आईरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्