काठमाडौं,२३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा देखिएको विवाद पार्टी सक्किने खालको भएको बताएका छ्न ।
शुक्रबार एमाले कास्कीका नवनिर्वाचित पदाधिकारीलाई शपथ ग्रहण गराउँदै ओलीले नाउपाको नाम नलिई बिग्रने पार्टीको विवाद महाधिवेशनबाट सुरु हुने बताएका छन् ।
नाउपाले गत पुस अन्तिममा आफ्नो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनमा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच को अध्यक्ष हुने भन्ने विवाद चलेको थियो । जुन हालपनि कायमै छ । अोलीले नाम नलिई सोही महाधिवेशनलाई संकेत गरेका छन् ।
‘बिग्रिने पार्टीहरूको लक्षण के हुन्छ अधिवेशन, महाधिवेशनबाट फाटो, विमति, मतभेद सुरु हुन्छ,’ ओलीले भने, ‘सप्रिने पार्टीको अधिवेशनबाट एकतावद्ध प्रयास हुन्छ। मिल्ने प्रयास हुन्छ। सिंगै पार्टी समस्या समाधानतर्फ लाग्छ।’