काठमाडौं, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल छिट्टै दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री दाहालले नै आफू दक्षिण कोरिया भ्रमणको तयारीमा जुटेको जानकारी गराएका हुन् । उनले आफूलाई दक्षिण कोरियाबाट भ्रमणका लागि निमन्त्रणा आएको जानकारी गराएका हुन् ।
दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमाल आरोहण गर्ने संयुक्त टोलीको बिदाइ कार्यक्रममा संक्षिप्त धारणा राख्ने क्रममा उनले यस्तो खुलासा गरेका हुन् ।
सो कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत, सांसदहरु माधव सापकोटा, अमनलाल मोदी र बाग्मती प्रदेशका सांसद सरल सहयात्रीलगायतको सहभागिता रहेको थियो । file photo