काठमाडौं, २४ चैत्र । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङलाई समर्थन गर्ने निर्णय गरेको छ । यसअघि प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले पनि सुहाङलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवबीच चुनावी तालमेल गर्ने समझदारी भएको थियो ।
सोहीअनुसार इलाममा तीन पार्टीका प्रतिनिधिले संयुक्त अपिल जारी गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) ले भने छुट्टै उम्मेद्वार उठाएको छ । नेकपा (एस) ले जितबहादुर राईलाई मैदानमा उतारेको छ । file photo