काठमाडौं, २५ चैत । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीसहितको बन्दीप्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा परेको छ ।
जिल्जा अदालत काठमाडौंले रायमाझीसहितलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।रायमाझीले जिल्लाको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उच्च अदालतले पनि जिल्ला अदालतको थुनछेक आदेश सदर गरेपछि उनले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । सर्वोच्चका न्यायायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको उक्त मुद्दा आज हेर्दाहेर्दैमा राखिएको हो ।
रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डे, आङटावा शेर्पा, शमशेर मियाँ, केशवप्रसाद दुलाल, सन्देश शर्मा, गोविन्द कुमार चौधरी, सागर राई, इन्द्रजित राई, सानु भण्डारी सर्वोच्च गएका थिए ।