Logo

मुख्यमन्त्री कार्कीको दाबीः ‘मलाई दुई वर्षसम्म कसैले हटाउन सक्दैन’



काठमाडौं, २६ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई दुई वर्षसम्म पदबाट हटाउन नसक्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली वसहमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएकाले दुई वर्षसम्म कसैले अविश्वासको प्रस्ताव ल्याउन नपाने बताए । साथै, उक्त उपधारा अनुसार बनेको सरकारमा कुनै दलको समर्थन नहुने र आफू अल्पमतमा पनि नपर्ने उनको दाबी छ । अब आफूले दुई वर्षसम्म प्रदेश सभामा बुहमत सिद्ध गर्न नपर्ने उनको भनाइ छ ।

‘बहुमत सिद्ध मैले अहिले गर्नै पर्दैन । संविधानले मलाई अहिले बहुमत सिद्ध गर भन्दैन । जुन बेला मैले बहुमत सिद्ध गर्नुथियो, ४७ बाट ८६ पुर्याए । दुई वर्ष ग्यारेन्टीको हो । दुई पर्छ पछाडि चाहीँ वारेन्टी हो,’– उनले भने ।

संसदीय व्यवस्था अंगाल्नेले संसद् र संविधानको परिधिभित्र रहेर नै नैतिकताको वकालत गर्नुपर्ने उनको भनाइ छ । साथै, कोशीमा आफूलाई कुनै पनि दलको समर्थन नरहेको उनले बताए । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको सरकारलाई कुनै पनि दलको समर्थन नहुने उनको भनाइ छ । ‘मलाई एमालेले समर्थन नै गरेको थिए । उपधारा ५ को सरकार भनेको कुनै दलको समर्थन होईन । बहुमतको समर्थनमा सरकार बनेको हो । अब अहिले गोर्खाका कांग्रेसीहरुले हामीले प्रचण्डलाई दिएको भोट फिर्ता भयो भन्दा फिर्ता हुन्छ ?’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्