Logo

विना विभागिय मन्त्री लुम्बिनी सरकारका प्रवक्ता



दाङ, चैत २६ । लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिपेन्द्रकुमार पुन मगरलाई दिइएको छ । विना विभागिय मन्त्रीको रुपमा नियुक्त भएका मन्त्री पुनलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको हो । नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षमा बसेको पहिलो बैठकले पुनलाई जिम्मेवारी दिएको हो ।

प्रवक्ता पुन रोल्पा रोल्पा १ (२) बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचित सांसद हुन। २०७९ को चुनावमा पार्टीले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका पुन प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि माओवादीमै प्रवेश गरेका थिए । पुनले कांग्रेस–माओवादीसहितको गठबन्धनका उम्मेदवार कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका अमरसिंह पुनलाई पराजित गरेका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बुटवलमा सपथ लिएर देउखुरी पुगि जिम्मेवारी सम्हालेपछिको पहिलो बैठकले पुनलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो।



प्रतिक्रिया दिनुहोस्