Logo

कांग्रेस महामन्त्री शर्माले भने, ‘रास्वपाको माग उपयुक्त छ’



काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको माग जायज रहेको बताएका छन् । रास्वपाले ०४७ साल यता सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति उच्चस्तरीय समिति बनाएर छानविन गर्नुपर्ने माग अघि सारेको थियो । आजको प्रतिनिधि सभा बैठकमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथिको सहकारी ठगी आरोप छानविनका लागि कांग्रेसले माग गरेको थियो ।

संसदीय समिति बनाउन लामो समयसम्म पनि तयार नभएपछि कांग्रेसले आगको बैठक अवरोध गरेको थियो । बैठक अवरोधपछि रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सञ्चारमर्कीहरुसँग कुराकानी गर्दै ०४७ साल यता सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पत्ति छानविनको माग गरेका थिए ।

वाग्लेको उक्त मागमा समर्थन जनाउँदै महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, सम्माननिय (पीएम नेपाल) लाई सार्वजनिक अपील । विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं । सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गरौं ।’



प्रतिक्रिया दिनुहोस्