Logo

भ्रष्टाचारको फाइल खोल्न कांग्रेसले ल्याएको प्रस्तावमा रास्वपाको समर्थन



काठमाडौं,२८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ०४७ सालपछिका राज्यका उच्च तहमा पुगेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने नेपाली कांग्रेसको प्रस्तावमाथि समार्थन जनाएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद मनिष झाले कांग्रेसको प्रस्तावमा समर्थन जनाएका हुन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कुण्ठाको राजनीति नगर्न पनि आग्रह गरेका छन् ।

उनले भने–‘यो सदनमा अर्को व्यक्तिप्रति पटक पटक निराधार लाञ्छना लगाउन पाइँदैन भनेको छ । कानुनले कुनै निर्णय दिइसकेको छैन, सुरक्षा निकायले आफ्नो सूचना दिइसक्यो । देशको प्रधानमन्त्रीले संसद्‍मा आएर जवाफ दिइसक्नुभयो । उहाँमाथि कुनै उजुरी दर्ता भएको छैन, प्रहरी कार्यालयमा आएर कसैले उजुरी दिएको हो र आफ्ना केही पत्रकारहरूलाई प्रायोजित रूपमा लेख्न लगाइएको हो । त्यसमा प्रश्न छ, निष्कर्ष छैन तर त्यसको आधारमा पटक पटक कुनै एउटा व्यक्तिमाथि गरिएको प्रहारप्रति पनि हाम्रो आपत्ति छ । आउनुस्, कानुनी रूपमा जाऔँ, प्रक्रियागत रूपमा जाऔँ, कति कुण्ठा पालेर बस्नुहुन्छ । यस्तो राजनीति नगरौँ ।’



प्रतिक्रिया दिनुहोस्