Logo

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीद्वारा दाबी पेश



काठमाडौं, ६ वैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गरेका छन् । आज (बिहीबार) प्रदेश प्रमुख नजीर मियाँसमक्ष उनले दुईभन्दा बढी दलको समर्थनमा बुहमत पुर्याएर दाबी पेश गरेका हुन् ।

सोडारीलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), आफ्नो दल एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता चौधरी पक्षधर सांसदहरुले समर्थन गरेका छन् ।

सोडारीलाई आजै पद तथा गोपनीयताको शपथ गराउने तयारी प्रदेश प्रमुखको कार्यालयको रहेको बताइएको छ । योसँगै सुदूर सरकारको नेतृत्व प्रदेश सभाको पाँचौं ठूलो दलमा गएको छ । प्रदेश सभामा सबैभन्दा ठूला दल नेपाली कांग्रेस रहेको छ । त्यसपघि क्रमशः माओवादी, एमाले, नाउपा र एकीकृत समाजवादी रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्