Logo

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा सपथग्रहण



कर्णाली, १२ वैशाख । कर्णाली प्रदेशका नवनियुक्त बिना विभागीय मन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। सत्तासाझेदार नेकपा माओवादी केन्द्रको तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक थिए ।

गत चैत २७ गते नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेको १५ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्