Logo

भन्सार कानुन सच्याउन माग गर्दै आजपाले गर्‍यो आज पनि प्रदर्शन, माग पूरा नभए कडा कदम चाल्ने चेतावनी



काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार विभागमा धर्ना दिएको छ । आजपाले आज भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कार दिने प्रावधान हटाउन माग गर्दै भन्सार विभागमा धर्ना दिएको हो ।

आजपाले भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७,४८ र ४९ लाई सच्याउन माग गर्दै निरन्तर संघर्षका कार्यक्रमहरु गर्दै आएको छ ।

आजपाले उक्त दफामा गरिएको व्यवस्था अनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात् भन्सार छलिको माल समानबाट प्राप्त रकमको झण्डै आधा ४५ प्रतिशत पैसा व्यक्तिको निजी हुने व्यवस्था लाई खारेज गर्नुपर्ने माग गर्दै आएको छ ।

भन्सार कानुन सच्याउन माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गरिरहेको आजपाले हाल चौथो चरणको कार्यक्रम गरिरहेको छ । गत साता भन्सारका महानिर्देशकलाई सचेतना पत्र बुझाएको आजपाले त्यसयता निरन्तर भन्सार विभाग घेराउ गर्दै आएको छ । चौथो चरणको आन्दोलनले पनि काम नगरे अर्थमन्त्रीलाई पनि ध्यानाकर्षण गराउने आजपाको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्