काठमाडौं, वैशाख ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै छ । कांग्रेसले दिउँसो १ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ ।
कार्यसमितिको बैठक लगत्तै दिउँसो २ बजे संसदीय दलको बैठक बस्नेछ । प्रमुख सचेतक रमेश लेखकका अनुसार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा छलफल हुने छ ।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न भएकोबारे संसदीय छानबिन समिति नबनाउनेतर्फ सकारात्मक भएको निष्कर्ष निकाल्दै थप निर्णय दलको बैठकबाट गर्ने निर्णय गरेको थियो ।