Logo

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि



काठमाडौं, जेठ १। नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज सुरु हुँदै छ। पार्टी महासचिव घनश्याम भुसालका अनुसार आज र भोली गरेर दुई दिन चल्ने यो बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी संगठनको अवस्था, जनवर्गीय संगठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने जनाईएको छ ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोक्ने, महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने र संगठन बिस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने बैठकमा पार्टीको समाजवादी कार्यक्रम, विधान हेरफेरका लागि तयार गरिएको मस्यौदामा छलफल हुने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्