Logo

कांग्रेसले सदनको आजको घट्नाबारे प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग्ने, गर्जिए गगन



काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा आज भएको घट्नाको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष जवाफ माग्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमाले र कांग्रेस सांसदहरुबीच धकेलाधकेल भएपछि बैठक स्थगित् भएको छ । सोलगत्तै आयोजित संसद् भवनस्थित् ल्होत्से हलको पत्रकार सम्मेलनमा कांग्रेसका महामन्त्री गगन थापाले यस्तो बताएका हुन् । उनले थपे–‘सत्तापक्षले आँफै मुठभेड गर्न चाहेको छ । आजको घट्नाको विषयमा प्रधानमन्त्रीज्यूसँग जवाफ चाहन्छौं । माग्छौं ।’

थापाले सभामुख देवराज घिमिरेको भूमिकाको पनि आलोचना गरे । उनले भने,‘सभामखुको भूमिका एउटा पार्टीको आदेशपालकको रुपमा भयो । उहाँको भूमिका जिम्मेवारीपूर्वक भएन भन्ने हाम्रो निश्कर्ष छ । सत्ता पक्षले पनि संसदलाई मुठभेडतर्फ लैजाने स्थिति सिर्जना गर्यो । हामी आज बिहानदेखि नै सम्वाद तथा छलफलमा थियौं । प्रधानमन्त्रीज्यूलाई टेलिफोन गरेर आजको सदन स्थगित् गर्नुहोस भनेको थियौं । हामीले त समझदारी चाहेका थियौं। हाम्रो प्रस्ताव बैठक सार्ने थियो ।’
उनले एमालेले सभामुखलाई जसरी पनि सदन चलाउन निर्देशित गर्ने काम गरेको आरोप लगाए ।

उनले भने,‘एकातर्फ सभामुखलाई जसरीपनि सदन चलाउन निर्देशित गरियो, अर्कोतर्फ हामी उठिराखेको बेलामा जबरजस्ती सत्तापक्षले त्यसमा पनि प्रमुख दलको प्रमुख नेताले जसरी वातावरण बिगार्ने सिर्जना गर्नुभयो । कांग्रेसका माननीयज्यू, उपसभामुखज्यूको कर्सीमा बस्न जानुभयो भन्ने कुरा आयो, सत्तापक्षको आसनमा जानुभयो भन्ने कुरा आयो । त्यस्तो केही पनि होईन । तर, आज सभामुखकोले गर्नुभएको व्यवहार । जसरबजस्ती सदन चलाउनुभयो, यो गलत थियो ।’ थापाले ओलीलाई आफूहरु एमालेको कार्यकर्ता नभएको भन्दै कडा आलोचना गरे ।

उनले आफ्नो दल सरकारभन्दा बस्नु परेकोले सहकारी ठगी प्रकरणको विषय उठाएको भनेर बाहिर गलत प्रचार गरिएकोमा पनि आपत्ति जनाए । उनले भने,‘हामी सरकार बाहिर भएको कारणले यो उठाएको अनि रास्वपा सरकारभित्र भएको कारणले उठाएको भनिएको छ । यो गलत हो ।हामी सहकारी पीडितलाई न्याय दिन संवेदनशील छौं । त्यही भएर यो विषय उठाएको हो ।’ तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्