काठमाडौं, १८ जेठ । नेकपा (एकीकृत समाजवादी) ले मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री यादव संघीय सरकारमा सत्ता समीकरण फेरवदल भएपछि अल्पमतमा छन् ।
ेएकीकृत समाजवादीका नेता एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिन नैतिकताले नदिने बताए । उनले आफूहरु पनि अहिलेसम्म मधेश सरकारमा रहेको र एकीकृत समाजवादीसहितले यादवलाई मुख्यमन्त्री बनाएको दाबी गर्दै आफूले बनाएको सरकार ढाल्न नहुने बताए ।
‘मधेश प्रदेशमा हाम्रो दुईवटा मन्त्री छन् । सरकारमा हामी छौं । अनि विश्वासको मत नदिएर आफ्नै सरकार ढाल्ने कुरा हुन्छ त ? आफ्नै सरकार छ, आफैंले बनाएको सरकार हो । हाम्रा पनि दुईवटा मन्त्री छन्, हामी विश्वासको मत दिँदैनौं, सरकार ढाल्छौं भनेर मिल्छ त ? नैतिकताले पनि सुहाउँदैन,’– उनले भने ।
मधेशमा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाली कांग्रेसको सरकार बनाउन गृहकार्य भइरहेको छ ।