Logo

विकसित राजनीतिक घट्नाक्रमबारे दलको बैठकमा प्रधानमन्त्री दाहालले गरे ब्रिफिङ



काठमाडौं, १८ जेठ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित् दलको कार्यालयमा जारी भएको बैठकमा दलका नेता तथा प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक राजनीतिक घट्नाक्रमबारे ब्रिफिङ गरेका छन् ।

सत्ता समिकरणमा रहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता बाक्लो बनाएपछि सत्ता गठबन्धनबो भविष्य संकटमा परेको चर्चा भैरहेको छ ।

तर, प्रधानमन्त्री दाहालले माधव नेपाल सत्ता गठबन्धन छोडेर कतैपनि नजाने दाबी गरेका छन् । दलको बैठकमा बजेटको विषयमा पनि समिक्षा हुने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्