काठमाडौं, १८ जेठ । सत्ता गठबन्धनका मुख्य घटक नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेतृत्वबीच छलफल भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनका मुख्यक घटक एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । माधव नेपालले जसपा, नेपाल नेतृत्वको मधेश सरकार जोगाउनेगरि मुभ गरेपछि खासगरी कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेपछि आज तीन नेताबीच भेटवार्ता भएको हो ।
यद्धपी प्रधानमन्त्री दाहालले माधव नेपाल आफूसँग सल्लाह गरेर नै देउवा निवासमा भएको विपक्षी दलहरुको बैठकमा सहभागी भएको स्पष्ट पारेका छन् । माधव नेपालले पछिल्लो समय सत्ता गठबन्धनमा आफूहरुको अपमान भएको र जुनसुकै बेला गठबन्धन तोड्ने चेतावनी दिँदै आएका छन् । यही सन्दर्भमा दाहाल र ओलीले आज नेपालसँग संयुक्त रुपमा भेटवार्ता गरेका हुन् । file photo