Logo

सत्ता समिकरण तलमाथि हुँदैन, हामी दायाँ–बायाँ गर्दैनौं : झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, १९ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिरिने कुरा हल्लामात्रै भएको टिप्पणी गरेका छन् । उनले अहिले आफूहरु सत्ता गठबन्धनबाट दायाँ वा बायाँ गर्ने पक्षमा नरहेको र गठबन्धनमा सामेल हुने केन्द्रीय सचिवालयको निर्णय जस्ताको त्यस्तै रहेको सुनाए ।

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानीमा नेता खनालले यस्तो बताएका हुन् । उनले माधव नेपाल विभिन्न दलका नेताहरुसँग बस्ने र कुराकानी गर्ने नेताहरुभित्रधै पर्ने सुनाए ।

नेता खनालले माधव नेपालपनि अहिलेको एमाले–माओवादीसहितको समिकरणबाट अर्को समिकरणमा नजाने विश्वास दिलाए । उनले सत्ता गठबन्धनभित्र केही समस्या भएको सुनाए । प्रदेश सरकारको सवालमा देखिएका समस्या समाधानको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली गम्भीर बन्नुपर्ने सुझाए ।

उनले मन नलागेका पार्टीलाई अलिक बढि नै अपहेलना गरिए प्रत्युपात्दक हुने चेतावनी दिए । उनले कांग्रेस र माओवादी केन्द्रबीच सत्ता सहकार्यको सम्भावना आफूले शून्य देखेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्