Logo

वर्तमान सत्ता समीकरणमा माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको छः सोमप्रसाद पाण्डे



काठमाडौं, २० जेठ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले वर्तमान सत्ता समीकरणमा माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेसहितको सरकारले पूर्णता पाउनुअघि नै माधव नेपाल, केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको बताएका हुन् । उनले

‘जब यो गठबन्धन बन्यो । यो गठबन्धन बनेको एक हप्ताभित्र यी सबै कुराको समझदारी कायम भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालज्यूले यो सरकारलाई पूर्णता दिएको २०८० साल फागुन २३ गते हो । २३ गतेको आसपासमा यी सबै कुरा टुङ्गिएका छन् । यस विषयमा धेरै छलफल गर्नुपर्ने छैन । यसलाई अतिरञ्जित गराएर एउटा पक्षलाई सशंकित बनाउन, कुनै पक्षलाई अतिकति हौस्याउनका निम्ति, कुनै पक्षलाई त्यो व्यक्तिप्रति मोह भंग गर्न, कसैलाई प्रशंसा गर्नका निम्ति यी कुराहरु ल्याइनु बेकारको कुरा हो । हामीले जानकारी पाएको, बाहिरबाट पाएको संकेत हो । लिखत गर्ने ठाउँमा हामी पुगेका छैनौं । सिस्टममा हुन्छ,’– उनले भने ।

वर्तमान सरकार देशको आवश्यकत्ता र अहिलेको परिस्थितिको मूल्याङ्कन र विश्लेषण गरेर काम अगाडि बढ्ने उनको भनाइ छ । उनले बढ्छ । अहिलेको गठबन्धन वामपन्थीहरुको बाहुल्यता रहेको बताउँदै यसलाई वामपन्थीहरुले तोड्न नहुने बताए । अहिले नेपालको कम्युनिष्ट आन्दोलनले धक्का खाइराखेको बचाउँदै उनले त्यो धक्काबाट बचाउन कम्युनिष्ट आन्दोलनलाई जोगाउन आवश्यक रहेको बताए ।

देशको कम्युनिष्ट आन्दोलन नबच्दा दुर्भाग्य पनि हुनसक्ने उनको आँकलन छ । देशले जित्ने र नेपालको कम्युनिट आन्दोलनले जित्ने अवस्थामा कतिपय ठाउँमा नेताहरु हार्न पनि तयार हुनुपर्ने उनको सुझाव छ । नेता पाण्डेले प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल र त्यसपछि चुनावी सरकारको नेतृत्व केपी ओलीले गर्ने सहमति भएको संकेत गरे ।

उनले एकीकृत समाजवादीका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा सरकार गठन गर्ने सन्दर्भमा नगएको पनि प्रष्ट पारे । कतिपय अवस्थामा नेताहरुबीचको भेटघाटलाई स्वभाविक रुपमा लिनुपर्ने उनको सुझाव छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्