काठमाडौं,२० जेठ । नेपाली नागरिकको औषत आयू भन्दा पनि एक वर्ष धेरै आयू कर्णालीका जनताको भएको भन्दै सांसद नै छक्क परेका छन् ।
आज बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ लामा भोटेले राज्यको ध्यान नै नपुगेको ठाउँका जनताको औसत आयू कसरी बढ्यो भन्दै सरकारलाई प्रश्न गरेकी हुन् ।
उनले भनिन–‘राष्ट्रिय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको विवरण हालै सार्वजनिक गरेको छ । उक्त तथ्याङ्क अनुसार कर्णालीवासीको औसत आयु नेपालीको भन्दा १ वर्ष बढी छ । १० वर्ष अघिसम्म सबैभन्दा कम औसत आयु भएका कर्णालीवासीको औसत आयु यो तरिकाले कसरी बढ्यो ?’