काठमाडौं, २० जेठ । नेकपा (एकीकृत समाजवादी) का १०औं राष्ट्रिय महाधिवेशन अथामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको छ । आज (आइतबार) विशेष पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी गराइएको हो । राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागी हुने बताइएको छ ।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीको १०औं महाधिवेशनबाट नेपालको वामआन्दोलनको
नयाँ बाटोमा निर्माण हुने बताए । उनले सांगठानिक क्षेत्रमा पनि एकीकृत समाजवादीलाई बढीभन्दा बढी लोकतान्त्रिक बनाइने बताए । उनले अध्यक्ष माधव कुमार नेपाल पनि तल्लो कमिटीमा गएर चुनाव लगेर महाधिवेशन प्रतिनिधि भएर आउने बताए ।
‘हाम्रो अध्यक्ष कमरेड प्रतिनिधिको रुपमा तल गएर, चुनाव लडेर महाधिवेशनको प्रतिनिधि भएर आउँदै हुनुहुन्छ । एकचोटी माथि पुगेपछि तल नओर्लिनुपर्ने संरचना थिए । हामीले त्यसलाई आठौं महाधिवेशनमै विधानमा समावेश गरिसकेका थियौं । विभिन्न कारणले लागू गर्न सकिएन,’– उनले भने । Photo By: Mukunda Kalikote/Reporters Nepal