Logo

शहिदनगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ, २० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

विद्यालयको पर्खाल निर्माणकार्य सम्पन्न पश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । यस्तै, आयोगको टोलीले एक लाख ७५ हजार बराबरको चेकसमेत नियन्त्रणमा लिएको थियो ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, प्रतिवादी रमेशप्रसाद चौधरी र गुरुदेव यादवविरुद्ध समान दुई लाख ७५ हजार बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्