Logo

कोशी र लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै



काठमाडौं, जेठ २१ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको छ ।

कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि आर्ज प्रस्तुत हुँदैछ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले वार्षिक नीति तथा कार्यक्रम स्विकृत गर्दै आज दिउँसो ४ बजे वार्षिक नीति तथा कार्यक्रम सम्बोधनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अनुरोध गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्