काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज एकै दिन सत्ता गठबन्धनका शीर्ष नेताहरु केपी शर्मा ओली र माधव नेपालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहालले आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् ।
माधव नेपालसँगको भेटवार्तालगत्तै दाहालले ओली र देउवासँग सुरुमा संयुक्त भेटवार्ता गरेका हुन् । सो भेटवार्तामा महिनौंको कांग्रेसको सदन अवरोधपछि सुचारु भएको संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
बजेटलाई कार्यान्वयन गर्ने विषयमा सबैको साथ हुनुपर्ने कुरा प्रधानमन्त्री दाहालले सहयोग मागेका थिए । देउवा बालुवाटारबाट बाहिरिएपछि पनि प्रधानमन्त्री दाहाल र ओलीबीच छुट्टै भेटवार्ता भएको थियो । सो भेटमा मधेश सरकार गठनदेखि माधव नेपालसँगको सहकार्यको विषयमा केन्द्रित रहेर छलफल भएको बुझिएको छ। प्रधानमन्त्री दाहालले शीर्ष नेताहरुसँग टिआरसी विद्येयक टुँगो लगाउने विषयमा पनि सहयोग मागेका छन् । file photo