काठमाडों । नेकपा एमाले पोखरा महानगर कमिटी अध्यक्षमा जीवन आचार्य निर्वाचित भएका छन् ।
अध्यक्षका प्रतिस्पर्धी दीपक पौडेललाई ६७ मतले पाखा लगाउँदै जीवन अध्यक्ष चुनिएका हुन् । अध्यक्षसहित पदाधिकारीमा उनको प्यानलनै निर्वाचित भएको छ ।
आचार्यले २ सय ७७ मत पाउँदा पौडेलले २ सय १० मत पाए । ४ सय ९८ मतदाता रहेका ४ सय ८८ मत खसेको थियो । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भइसकेका छन् ।
आचार्य निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी निकटका हुन् भने पराजित पौडेल एमाले उपमहासचिव तथा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निकटका हुन् । त्यस्तै उपाध्यक्षमा मोहन गुरुङलाई हराउँदै नगेन्द्रनाथ ढुंगाना निर्वाचित हुँदा सचिवमा सुशील बस्नेत, उपसचिव खुल्लामा विष्णु गौतम र उपसचिव महिलामा हरिमाया विक चुनिएका छन् ।