काठमाडौं, २१ जेठ । ललितपुरको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख महर्जनसहित १४ जनाविरुद्ध १ अर्बभन्दा बढी विगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
खख्तियारले उनीहरुविरुद्ध विभिन्न ५ वटा मुद्दा दायर गरेको छ । अख्तियारले नगरप्रमुख महर्जन, ४ जना कर्मचारी र नौ जना क्रसर उद्योगका मालिक रहेका छन् ।
नदीजन्य पदार्थ ढुङ्गा, गिटी बालुवालगायतको सरकारी दर रेट कम कायम गरी ठेक्का दिएको आरोप छ । साथै, राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोग पनि उनीहरुमाथि छ ।