Logo

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुँदै



काठमाडौं, जेठ २३ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिक- ६ थुमपाखरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। ह्याम्स अस्पताको सहयोगमा यहि जेठ २६ गते मुटु, प्रसुती तथा स्त्री रोग सम्बन्धी निःशुल्क शिविर सञ्चालन हुन लागेको हो।

विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविरमा मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला, डा. जोतिन्द्र शर्मा, डा. रोशन राउत र डा.मुकुन्द शर्मा तथा प्रसुती तथा स्त्री रोग विशेषज्ञ सन्देश पौडेल र इच्छा उप्रेती लगायतको टोली रहनेछ । सनकोशी–६ स्थित महेन्द्रोदय माध्यामित विद्यालयमा आयोजना हुने उक्त शिविर विहान ८ बजेदेखि बेलुका ३ बजेसम्म सञ्चालन हुनेछ ।

शिविरमा इको, ई.सि.जी र सुगर (मधुमेह) जाँचको निःशुल्क परिक्षण गरिने छ । अग्रिम नाम दर्ता तथा शिविरबारे थप जानकारी लिनका लागि फोकल पर्सन जुनी आलेलाई ९८४१८०६६०६ मा सम्पर्क गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्