काठमाडौं,२३ जेठ । अमेरिकामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जान राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा स्टार स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भीसा नदिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि बोलेको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद शंकर भण्डारीले यसबारेमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने माग गरे । उनले राष्ट्रको शान र मान राख्ने खेलाडिले भीसा नपाउनु लज्जाको विषय भएको दाबी गरे । यसअघि राप्रपका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि सरकारसँग धारणा माग गरेका थिए ।
उनले भने,‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ।’
बलात्कार मुद्दामा सन्दीपले उच्च अदालतबाट सफाई पाएका छन् । तर, ४ पटक अन्तरवार्तामा बोलाएर पनि अमेरिकोल उनलाई भीसा दिएन् ।