Logo

सदन चल्न दिएन भन्ने एमालेलाई कांग्रेस सांसदको जवाफ: ५७ दिनसम्म अवरुद्ध गरेको इतिहास नबिसर्नुस्



काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरस्वती बजियमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जायज माग राखेर सदन अवरुद्ध गर्दा नेकपा एमालेले भ्रम फैलाएको आरोप लगाएकी छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै बजिमयले विगतमा ५७ दिनसम्म सदन अवरुद्ध गरेर बनाएको आफ्नै इतिहास नबिर्सन एमालेलाई चेतावनी दिईन् ।

‘सभामुख महोदय सहकारी ठगीको विषयलाई उठाएर प्रतिपक्षी दलले सदन अवरुद्ध गर्याे । कांग्रेसले संसीय छानबिनको माग राखेपछि समिति बन्यो । तर, सत्तारुढ दलले कांग्रैसले सदन चल्न दिएन भनेर प्रचार गरिरहेको छ । म सोध्न चाहान्छु । विगतमा ५७ दिनसम्म कस्ले सदन अवरोध गरेको थियो । ? याद छ’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्