काठमाडौं, २५ जेठ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले महोत्तरी जिल्ला कमिटी घोषणा गरेको छ । अध्यक्ष साहको उपस्थितिमा आज जलेश्वरको अग्रवाल पार्टी प्यालेसमा आयोजित जिल्ला भेलामार्फत अरविन्द साहको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरिएको हो ।
बिधार्थीको अनुपातमा शिक्षक दरबन्दीको मागसहित आयोजित उक्त भेलाले अरविन्द साहको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको अध्यक्ष साहले जानकारी गरएका छन् । उनले उक्त भेलाबाट निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई सफल कार्यकालको शूभकामनासमेत व्यक्त गरेका छन् ।
सो अवसरमा अध्यक्ष साहले देशमा लुटतन्त्र हाबी भएकोले अहिलेको व्यवस्थाको विकल्प खोजिनुपर्ने बताएका छन् । उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको र ठूला नेताले सिण्डिकेट चलाएको आरोप लगाए । उनले गरिखाने वर्गको उत्थान नभएसम्म देशले फड्को मार्न नसक्ने टिप्पणी गरेका छन् ।