काठमाडौं, २५ जेठ । शहरी विकासमन्त्री धनबहादुर बुढाले पिछडिएको क्षेत्रको विकासमा विशेष ध्यान दिएका छन् । उनले मन्त्रालयमार्फत दुर्गम ठाउँको विकासको लागि विशेष कदम चालेका छन् । यस्तै, उनले सम्भाव्यता अध्ययन भएर स्मार्ट सिटी बनाउनको लागि चर्चामा रहेका शहरको लागि पनि विशेष महत्व दिएका छन् ।
उनले कालिकोटको पलाता गाउँपालिकाको शैनलाई स्मार्ट सिटी बनाउनको लागि अध्ययन तथा डिपीआरको लागि ५० लाख बजेट विनियोजन गरेका छन् । पछिल्लो समय मन्त्री बुढाले आक्रामक रुपमा विकास निर्माणका कामलाई अघि बढाएका छन् ।
नीति तथा कार्यक्रम र बजेटपनि आफूहरुले भनेअनुसार नै आएकोले अब कार्यान्वयनको पक्षमा विशेष ध्यान दिईने बताउँदै आएका मन्त्री बुढाले देशले विकास र समृद्धिको यात्रा गरिसकेको विश्वास दिलाए ।