Logo

नेविसंघले वर्षायाममा हुने विपदको प्रतिकार्यका लागि स्वयंसेवक परिचालन गर्ने



काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वर्षायाममा हुने विपदको प्रतिकार्यका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ । नेविसंघ केन्द्रीय समितिले ७७ वटै जिल्ला समितिलाई परिपत्र जारी गर्दैै विपदको प्रतिकार्यका लागि स्वयंसेवक परिचालन गर्न भनेको हो ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञहरुले यसवर्ष अत्याधिक वर्षा हुने पूर्वानुमान गरेको बताउँदै सम्भावित विपदको प्रतिकार्यमा देशव्यापी रुपमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्