काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने एक जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले आइतबार राष्ट्रिय अनुसन्धान विभाग अन्तर्गत उपअनुसन्धान निर्देशक हेमन्त चौधरीविरु४ विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ ।
चौधरीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर भएको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।