काठमाडौं, ३० जेठ । माओवादी केन्द्र परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका रामकुमार शर्माले सो पार्टीको एकता महाधिवेशनमा महासचिवमा उम्मेद्वारी दिने भएका छन् । उनी महत्वपूर्ण ज्म्मिेवारी पाउने भएपछिमात्रै जसपा, नेपालमा प्रवेश गरेका थिए । शर्मा विगत लामो समयदेखि अध्यक्ष उपेन्द्र यादवसँग निकट मानिन्छन् ।
उनी तत्काल फोरममा यादवसँगै थिए । पछि माओवादीमा गएका थिए । पछिल्लो समय उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग रुष्ट बनेका थिए । जसपा, नेपालको महासचिवमा प्रवक्तासमेत रहेका नेता मनिष सुमनको पनि दाबी छ ।
अध्यक्षमा भने उपेन्द्र यादवको विकल्पमा कोही पनि उभिने अवस्था नरहेको नेताहरु बताउँछन् । सह–अध्यक्षमा भने राजकिशोर यादवको दाबी छ । file photo