Logo

कांग्रेस-एमाले सहकार्यप्रति रमेश मल्लको टिप्पणी : लोकतन्त्रमा अंकुश लगाउन संविधानमाथि हमला



काठमाडौं, २२ असार । प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिव रमेश मल्लले लोकतन्त्रमा अंकुश लगाउनको लागि संविधानमाथि हमला गर्न लागिएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस र एमालेले संविधान संशोधन गर्ने मूल उद्देश्यसहित सरकारमा सहकार्य गर्नको लागि सहमति गरेको अवस्थामा मल्लले भ्रष्ट कर्तुतबाट आफूलाई बचाउनको लागि सरकारमाथि हमला गरिएको पनि टिप्पणी गरेका छन् ।

उनले सरकारको भ्रष्टचारविरोधी कदमबाट आहात तत्वहरुले राजनीतिक प्रतिगमनको माध्यमबाट देशलाई कमिशन, तस्करी र दलालीको दलदलमा पुर्याने र श्रमजिवी वर्गलाई लुट्ने नियोजित उद्देश्यका साथ षड्यन्त्र गर्न लागिएको भन्दै उक्त षड्यन्त्रलाई परास्त गर्न देशभक्त, प्रगतिशील र सच्चा लोकतान्त्रिक शक्तिहरु एकताबद्ध बन्नको लागि पनि अपिल गरेका छन् ।

मल्लले सामाजिक सञ्जाल एक्समा लेखेका छन्-

लोकतन्त्रमा अंकुश लगाउन संविधानमाथि हमला, भ्रष्ट कर्तुतबाट आफुलाई बचाउन सरकारमाथि हमला, वा ! तिम्रो “राजनीति”। तिम्रो “सहयात्रा”।

सरकारको भ्रष्टाचार विरोधी कदमबाट आहात तत्वद्वारा, राजनैतिक प्रतिगमनको माध्यमबाट देशलाई कमिशन, तस्करी र दलालीको दलदलमा पुर्याउने र श्रमजीवीवर्गलाई लुट्ने नियोजित उद्देश्यकासाथ गरिएको षड्यन्त्रलाई परास्त गर्न, देशभक्त, प्रगतिशील र सच्चा लोकतान्त्रिक शक्तिहरु एकताबद्ध बनौं।



प्रतिक्रिया दिनुहोस्