Logo

धुलिखेल–खावा सडक खण्डमा ट्रिपर चलाउन रोक



काभ्रे, असार २७ । जिल्ला प्रशासन कार्यालयले काभ्रेले अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडक खण्डमा ट्रिपर सञ्चालनमा निषेध लगाएको छ ।

निर्माणाधीन धुलिखेल–खावा सडक खण्डमा वर्षाका कारण सडक क्षति भएको र यसको मर्मत सम्भार कार्य गर्नका लागि सो सडकमा ट्रिपर सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडकमा यातायातलाई सहज रुपमा सञ्चालन गराउन सडक डिभिजन कार्यालय भक्तपुरले प्रशासन कार्यालय काभ्रेमार्फत जारी गरेको पत्रमा सडक मर्मत कार्य अघि बढाइने र मर्मत कार्य समय अवधिभर सडकमा ट्रिपर सञ्चालनमा निषेध गराउनेबारे उल्लेख गरिएको छ ।

अर्को सूचना जारी नभएसम्म सडकमा ट्रिपर सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ । वर्षाको सडक हिलाम्मे हुँदा बुधबार बिहानदेखि नै राजमार्ग सवारी आवगमनमा ठप्प भएको थियो ।



प्रतिक्रिया दिनुहोस्