![](https://reportersnepal.com/wp-content/uploads/2024/07/national-assembly1_v1k5CjIFBH-768x396.jpg)
काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि डाकिएको बैठक आइतबारसम्मका लागि सरेको हो ।
आजको बैठकले आगामी आर्थिक वर्षको बजेट पास गर्ने तयारी गरेको थियो । तर, एमाले र कांग्रेसले संशोधन प्रस्ताव राखेर बजेट फेल गराउन खोजेपछि बैठक सरेको हो ।
महासचिव पद्य पाण्डेयले बिहीबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ अनुसार राष्ट्रिय सभा अध्यक्षले असार ३० गते आइतबार सवा १ बजे बस्नेगरी बैठक निर्धारण गरेको जनाएका छन् ।