Logo

राप्रपा संसदीय दलको बैठक जारी



काठमाडौं, २७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभामा विश्वासको मत लिँदा राप्रपाले विश्वासको मत दिने वा नदिने भन्नेबारे निर्णय गर्न आजको बैठक बसको हो ।

राप्रपानिकट स्रोतका अनुसार प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय हुने सम्भावना छ । त्यस्तै, आजको बैठकले अब बन्ने कांग्रेस–एमालेको सरकारमा सहभागी हुने वा नहुने बारे पनि निर्णय गर्ने बताइएको छ । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्