काठमाडौं । जनमत पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सीके राउत नेतृत्वको जनमतले आज बसेको पार्टी बैठकबाट विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरण बनेसँगै एमालेलगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।
सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्मा विश्वासको मत माग्दै छन् ।