Logo

नमोबुद्ध नगरपालिकाभित्रको विकास योजनाहरुमा लाखौँ रकम हिनामिना भइरहेको अभियन्ता दाहालको आरोप



काठमाडौं, २९ असार । सामाजिक अभियन्ता रामहरि दाहालले भ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिकाको विभिन्न वडाहरुमा विकास योजनाहरुमा समयमा कार्य सम्पन्न नगरी लाखौँ रुपैयाँ रकम हिनामिना हुनेगरेको आरोप लगाएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै दाहालले रकम हिनामिनाबारे पटक–पटक नगरपालिका प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि निष्पक्ष छानबिन नभएको बताए ।

साथै, उनले तत्कालीन मेथिनकोट गाविस–२, भकुण्डेबेसीलाई ठेगाना बनाई २०६१ साल साउन २० गते डिभिजन सहकारी कार्यालय,भक्तपुरमा कायम गरी कृष्णप्रसाद खनालको नेतृत्वमा कृषक दुग्ध उत्पादन तथा प्रशोधन सहकारी संस्था लि. दर्ता गरेकोमा हालसम्म सो संस्थाको साधारण सभासमेत नभएको बताएका छन् । उनले उक्त सहकारी संस्थाको लेखापरीक्षण नभएको, हिसाब–किताब सार्वजनिक नगरेको, नवीकरण नरेको र संस्थाको भौतिक पूर्वाधारसमेत अपचलन भएको बताएका छन् ।

त्यस्तै, अभियन्ता दाहालले नमोबुद्ध नगरकापालिकाका अन्य थुप्रै संस्थाहरुको बेथितिका बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्