Logo

जाँदैजाँदै रविले प्रहरी प्रशासनलाई भने, ‘आजैबाट मेरो विषयमा उठेका कुराहरुको अनुसन्धान थाल्नुस्’



काठमाडौं, ३० असार । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा उठेका विषयमाथि छानविन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । आज (आइतबार) मन्त्रालयमा आयोजित विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मन्त्री भएको कारण आफ्नो विषयमा अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट थाल्न आग्रह गरेका हुन् ।

‘मेरो विषयमा पनि धेरै कुरा उठेका छन्, उठ्छन् । हिजो पनि उठेका हुन् । मैले आफ्नो विषयमा यो गर्नुस्, त्यो गर्नुस् भनेर न कहीँ निर्देशन दिएको छु । मन्त्री भएको कारणले तपाईँहरुलाई कही अप्ठ्यारो परेको रहेछ भने आजैबाट मेरा विषयमा गहन अध्ययन गर्नुस् । गल्ती गरेको जो कोही होस्, बच्नु हुँदैन, बचाउन हुँदैन । मेरा विषयमा गहन अध्ययन गर्नुस्, सञ्चार माध्यममा आएका विषय अध्ययन गर्नुस्, हेर्नुस् । आफूलाई चाहीँ केही नगर्नु, अरुलाई हेर्नु भनेर एउटा नेता धेरै माथि जान सक्दैन,’– उनले भने । Photo by: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्