काठमाडौँ, १३ साउन । भारतको बैङलोरमा जारी ‘इण्डिया इन्टरनेशनल मार्ट IITM –२०२४’मा नेपालले सहभागिता उत्साह पूर्ण जनाएको छ । दक्षिण भारतको बैङ्लोरमा जुलाई २६ देखि २८ सम्म सञ्चालित इण्डिया इन्टरनेशनल मार्टमा ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले सहभागिता जनाएको हो ।
इण्डिया इन्टरनेशनल मार्टमा टानअन्तर्गत रहेका नौ ट्रेकिङ तथा ट्राभल कम्पनीले सहभागिता जनाएको टानका कार्यकारी समितिका सदस्य रामप्रसाद वन्जाराले जानकारी दिए ।
टानका अनुसार इनच्यान्टेड यात्रा प्रा.लि. इन्डोमेड ट्राभल्स प्रालि, वेल नेपाल ट्रेक प्रा.लि. नेपाल सोसियल ट्रेक एण्ड एक्सपीडिसन प्रा.लि. मिसन नेपाल होलिडे प्रा.लि. हिमालयन योगी एडभेन्चर प्रा.लि. नेपाल विग माउण्टेन ट्राभल प्रा.लि. माउण्टेन टाइगर नेपाल प्रा.लि. र जुगल होलीडेले उक्त मार्टमा सहभागिता जनाएका छन् ।
टानका कार्यकारी समितिका सदस्य रामप्रसाद वन्जाराको नेतृत्वमा मार्टमा सहभागी भएको टानको टोलीले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
टानले हिजो राति भएको IITM अवार्ड फक्सनमा पार्वतीय पथ प्रदर्शक गन्तब्यको अवार्ड हासिल गरेको छन् । बन्जाराले कार्यसमिति सदस्यको रुपमा सकृय भूमिका खेल्दै आएका छन् । अब हुन लागेको बार्षिक साधारण सभामा उनी महासचिवको साझा उम्मेदवार तथा बलियो दाबेदार हुन् ।